प्रधानमन्त्री प्रचण्डलाई नारायणकाजीको कटाक्ष– ‘नारायण दाहाल प्रचण्डका भाइ होइनन्’


१३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रशासनिक सल्लाहाकारमा आफ्नै भाइ नारायण दाहाललाई नियुक्त गरेपछि अहिले त्यसको सर्वत्र आलोचना भएको छ ।

प्रचण्ड नेतृत्वकै पाटी माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समेत सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । उनले प्रचण्डले नियुक्त गरेका दाहाल प्रचण्डका भाइ नभएको भन्दै व्याङग्यसमेत गरेका छन् । उनले नारायण दाहाल पूर्व वरिष्ठ प्रशासक भएको भनी टिप्पणी गरेका छन् । ‘हाम्रो पार्टी र अध्यक्ष एवं प्रधानमन्त्री कमरेड प्रचण्डको इज्जत, प्रतिष्ठा र मूल्यमाथि किन यति निर्मम प्रहार भईरहेको छ ?,’ उनले भनेका छन्, ‘हालै नियुक्ति भएको प्रमको प्रशासनिक सल्लाहाकार उही हाम्रो पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य कमरेड नारायण दाहाल नै हो भनेर किन प्रचार हुँदैछ ?’

श्रेष्ठले भनेका छन्–‘यो हुनै सक्दैन, प्रशासनिक सल्लाहाकारमा कोही नारायण दाहाल नाम गरेको पूर्ववरिष्ठ प्रशासक वा दक्ष प्रशासनविद्लाई नियुक्त गरिएको हुनुपर्छ । यो संयोगले नाम जुझ्यो, बस्, होइन र ?’

प्रतिक्रिया दिनुहोस्