प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के–के भयो कुराकानी ?


१९ कात्तिक । भारतीय राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमणको अन्तिम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भएको भेटमा संविधान संशोधन तथा कार्यान्वयन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीको सहयोग मागेका थिए भने जवाफमा ओलीले निर्वाचनको वातावरण बनाएर अघि बढ्न आग्रह गरेका थिए । केही दिन अघिसम्म संविधान संशोधनलगायतका विषयमा माओवादीले औपचारिक छलफल नगरेको भन्दै आएका ओलीले प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा भने केही सकारात्मक बन्न सकिने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्