देउवाले दिए एमाले नेतालाई नै दोष


२३ जेठ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार फेरवदल बारे विभिन्न खाले चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने पूर्ण रुपमा असहयोग गर्ने संकेत गरेको छ ।

केही हप्ता पहिला सरकारमा सहभागी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ताको हरियो घाँस देखाएर सरकार परिवर्तनको खेलमा लागेका कांग्रेस सभापति शेरबहादुर देउवा नै अहिले ओली नेतृत्वको सरकार गिराउने खेलमा लागेका छन् ।

उनका पछिल्ला अभिव्यक्तिले पनि त्यहि संकेत गरेको छ । आइतबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकारलाई आफूले बचाउन नसक्ने खुला अभिव्यक्ति दिएपछि त्यसको थप पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेको परिवारद्वारा स्थापित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२’ प्रदान समारोहलाई सम्वोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । देउवाले एमाले भित्रैबाट ओलीलाई असहयोग भएको भन्दै सत्ता साझेदार दल एमाओवादीले पनि साथ छाडेपछि ओली सरकार ढल्ले संकेत गरे ।

उनले घुमौरो पाराले संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको भन्दै त्यसका लागि आफु तयार रहेको पनि बताए । उनले संविधान कार्यान्वयन अहिलेको प्रमुख काम भएको भन्दै उनले वर्तमान सरकार त्यसमा इमानदार नरहेकाले सरकार परिवर्तन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्