प्रधानमन्त्री बिरामी, ग्राण्डी अस्पताल भर्ना


काठमाडौं, १३ कातिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बुधबार विहान प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।

नियमित स्वास्थ्य जााचका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।

१३ वर्षअघि मृर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको नियमिट स्वास्य जाँच गर्ने गरिएको छ । आजै उनको स्वास्थ्य जाँच गरी फर्काइने जनाइएको छ । दुई महिनाअघि मात्र प्रधानमन्त्री ओलीको उपचार गराइएको थियो ।

प्लाज्माफेरेसिस माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरी गत भदौ २० गते त्यहाँबाट फर्किएका ओलीको नेपालमा पनि नियमित फलोअप भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्