प्रधानमन्त्री शेरबहादुरलाई चुनौती दिदैँ भीम रावल चितवनमा


१९ साउन । देशका प्रधानमन्त्री शेरबहादुर देउवा मौन अवधी सुरु भएपछि शक्तिको समेत दुरुपयोग गर्दै साउन १८ मा भरतपुर महानगरपालिका पुगेपछि उहाँलाई चुनौती दिदैँ एमाले उपाध्यक्ष भीम रावल आज चितवन पुग्नु भएको छ ।

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले जित्ने निश्चित भएपछि अन्तिम समयमा आएर माओवादीका केही उदण्ड कार्यकर्ताले मतपत्र च्यातेपछि विथोलिएको वडा नम्बर–१९ को निर्वाचन भोलि हुँदैछ ।

मौन अवधी सुरु भएपछि भरतपुर पुगेका प्रधानमन्त्री देउवाले आफू निरीक्षणका लागि आएको दाबी गर्नूभएको थियो । रावलले उहाँका ती भनाईप्रति व्याङ्ग्य गर्दै आज प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा भन्नुभयो– ‘प्रधानमन्त्रीले हिजो चितवनमा केके निरीक्षण गर्नुभएछ भनेर हेर्न आएको ।’

उहाँले प्रधानमन्त्री आउँदा हुने विपक्षी दलका नेता आउनु नहुने भन्न हुँदैन भन्दै सरकारले मतपत्र च्यात्नेहरूको संरक्षण गरेर त्यसको बिरोध गर्नेलाई जेल पठाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्