प्रधानसेनापति क्षत्री बंगलादेश प्रस्थान


३० कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणामा मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । आठ सदस्यीय टोलीसहित त्यसतर्फ प्रस्थान गरेका क्षत्री मंसिर ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानसेनापति क्षत्रीलार्ई बलाधिकृत रथी वलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रस्थान गर्नुअघि प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपाली सेनाका रथी, नेपालस्थित बंगलादेश राजदूतावासका प्रथम सचिवलगायत विभिन्न मित्रराष्ट्रका आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिति थियो ।

भ्रमणका सिलसिलामा क्षत्रीले बंगलादेशका राष्ट्रपति, सेना प्रमुखलगायत अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणकै क्रममा बंगलादेश नेशनल डिफेन्स कलेज लगायत अन्य सैनिक युनिट तथा संरचनाहरुको भ्रमण गर्नेे कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्