प्रधान सेनापतिद्वारा ‘संयुक्त संरक्षण कारवाही कक्ष’को उद्घाटन


२३ जेठ । धनुषाको भिमानस्थित ‘आर्टिलरी फायरिङ्ग रेञ्ज’ ईलाकामा सञ्चालित अभ्यास हवाई प्रतिरक्षा फिल्ड फायरिङ्गको प्रधान सेनापति राजेन्द्र क्षत्रीले निरीक्षण गरेका छन् ।

नेपाली सेनाको तालिमलाई प्रभावकारी बनाउँदै पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संचालित उक्त ‘फायरिङ्ग’ अभ्यास निरीक्षणका क्रममा आयोजित कार्यक्रममा प्रधान सेनापति क्षत्रीले सम्बोधन गरेका थिए । कार्यक्रममा बलाध्यक्ष रथी पूर्णचन्द्र थापा लगायतको पनि उपस्थिति थियो ।

उक्त फायरिङ्ग निरीक्षणपछि प्रधान सेनापति क्षत्री चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमा उनले वन तथा वन्यजन्तु संरक्षणका लागि गतिविधि सञ्चालन गर्न चितवन राष्ट्रिय निकुञ्जमा स्थापित ‘संयुक्त संरक्षण कारवाही कक्ष’ उद्घाटन गरे ।
त्यसैगरी प्रधानसेनापति क्षत्रीले वन्यजन्तु पीडित निकुञ्ज कर्मचारी तथा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाका सन्तानहरुलाई छात्रबृत्ति वितरण गरेका थिए । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, नेपाली सेनाका बलाध्यक्ष तथा अन्य रथीबृन्दहरु, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक, चितवन जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका उच्चपदस्थ पदाधिकारीलगायतका उपस्थिति रहेको थियो र्
क्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्