प्रधान सेनापति क्षत्री आज स्वदेश फिर्ता हुँदै


१२ असार ।  प्रधान सेनापति राजेन्द्र क्षत्री युनिफिल मिशन लेबनानको निरीक्षण भ्रमणमा पूरा गरी आज स्वदेश फिर्ता हुने भएका छन् ।

असार ७ गतेदेखि युनिफिल मिशन लेबनानको निरीक्षण भ्रमणमा रहेका क्षत्रीले लेबनानका कायम मुकायम राष्ट्रपति एवं प्रधानमन्त्री तामाम सलाम तथा रक्षामन्त्री समिर मक्वेललगायतसँग भेटवार्ता गरेका थिए ।

भेटका क्रममा उनीहरुबीच युनिफिल मिशन लेबनानका विविध पक्षहरुका साथै नेपाली शान्ति सैनिकहरुको भूमिका सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्