प्रधान सेनापति क्षत्री लेबनानमा


७ असार । प्रधान सेनापति राजेन्द्र क्षत्री लेबनान पुगेका छन् । युनिफिल मिसन लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक टोलीको निरीक्षण भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

लेबनान प्रस्थान गर्नु अघि क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी वलदेव राज महतले बिदाई गरेका थिए ।

भ्रमणको क्रममा प्रधान क्षत्रीले यार्जस्थित लेबनानिज् आम्र्ड फोर्सको सैनिक मुख्यालयमा कमान्डर जीन कवाजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा शान्ति स्थापनाका लागि युनिफिल मिसन लेबनानमा तैनाथ गोरखदल गण (शा.से.) ५७ औं डप्mफाको गण हेड क्वाटरको निरीक्षण र सम्बोधन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्