प्रधान सेनापति राजेन्द्र क्षत्री मनिलामा


२० भदौ । फिलिपिन्सको मनिलामा सञ्चालन भइरहेका एसिया प्रशान्त क्षेत्रीय देशहरुका सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी हुन गएका प्रधान सेनापति राजेन्द्र क्षत्रीले फिलिपिन्स, जापान, थाईल्याण्ड, सिंगापुर र ब्रुनाइका सेनाध्यक्षहरुसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताको क्रममा प्रधान सेनापति क्षेत्रीले मित्रराष्ट्र बेलायत र न्युजिल्याण्डका समकक्षीहरुसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरेको सैनिक जनसम्पर्क मुख्यालयले जानकारी दिएको छ । उक्त भेटघाटको क्रममा उनीहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्