प्रधान सेनापति र चिनियाँ सैन्य उपप्रमुखबीच भेट


२७ जेठ । नेपाल भ्रमणमा रहेका चीनका सैन्य आयोगका उपप्रमुख एडमिरल सुन जियांगोले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, त्यस अवसरमा द्विपक्षीय हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको थियो । बलाधिकृत रथी वलदेव राज महतसँग पनि भेट भएको थियो ।

यसअघि जियांगोलाई जंगी अड्डामा कार्यरथी उपरथी सुन्दर पुडासैनीले स्वागत गर्नुभएको थियो भने उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

गत जेठ २४ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहनु भएका जियांगो चार दिने भ्रमण पूरा गरी आजै स्वदेश फर्किनुभएको छ ।
‘यस किसिमको छिमेकी मित्रराष्ट्रका उच्च्पदस्थ सैनिक अधिकारीको नेपाल भ्रमण र सैनिक नेतृत्ववर्ग संगको भेटवार्ताले दुई देश बीचको आपसी सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ’– सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्