प्रभूको नयाँ शाखा हात्तीगौँडा


३१ असार । प्रभू बैङ्कले काठमाडौंको हात्तीगौँडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैङ्कका वरिष्ट डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समारोहका बीच गरेका हुन् ।

अघिल्लो वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैङ्कका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको बैङ्कको भनाई छ ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैङ्कको योजना छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैङ्कका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैङकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैङ्कले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्