प्रविधि र जनशक्ति तयारीपछि विषादी परीक्षण हुन्छ: प्रधानमन्त्री ओली


काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारीपछि मात्र भारतवाट आउने त तरकारी र फलफुलको विषादी परीक्षण गरिने बताएका छन्। नेकपाको संसदीय दलको बैठकमा सांसदहरूले शनिबार उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतबाट आयातित हुने र नेपालमै उत्पादन हुने तरकारी र फलफूलको विषादी परीक्षण प्राविधिक तयारीपछि मात्र गरिने बताएका हुन् । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यथेष्ट तयारी बिना नै भारतबाट आयातित हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै अब तयारीका साथ सरकार अगाडि बढ्ने जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्