प्रस्तावित न्यायाधीशलाई फरक नपर्ने, राजदूतको सिफारिश रद्द हुन सक्ने


२८ असार । सरकार परिवर्तन भएमा अरु कुन–कुन क्षेत्रमा असर पर्छ भन्ने लेखाजोखा हुँदै जाला । तत्कालै चाहिँ प्रस्तावित राजदूतका हकमा चाहिँ असर पर्ने देखिएको छ ।

सर्वोच्च अदालतमा ११ जना न्यायाधीश र २२ देशमा राजदूत नियुक्तिका लागि सिफारिश भएर अहिले संसदीय सुनुवाइको पर्खाइमा छन् । संसद् स्रोतका अनुसार, प्रस्तावित न्यायाधीशका हकमा चाहिँ सरकार परिवर्तनले केही फरक पार्ने छैन । किनभने, न्याय परिषद्बाट भएको उक्त सिफारिशमा तल–माथि हुने सम्भावना छैन । प्रत्यक्ष राजनीतिमा सक्रिय भएर सभासद् भएकी सपना मल्ल प्रधानका पक्षमा लगातार दुई दिनसम्म प्रधानन्यायाधीश सुशीला कार्कीले सार्वजनिक बचाउ गरेका कारण पनि त्यो निर्णयमा पुनर्निविचार हुन सम्भावना छैन । सुनवाइ समितिले प्रस्तावित न्यायाधीश विरुद्धको उजुरी खोलेर सांसदहरुलाई बाँडिसकेको छ ।

राजदूतका हकमा भने सरकार परिवर्तन भएमा पुनर्विचार हुने सम्भावना देखिएको छ । सरकारले सुनुवाइका लागि नाम पठाए पनि सुनुवाइ प्रक्रिया सुरु नभएकाले चाहेको बेला नाम फिर्ता लिन सक्छ । यसअघि सुशील कोइरालाको सरकारका पालामा न्याय परिषद् सदस्यमा सिफारिश भएका रामप्रसाद सिटौलाको नाम ३४ औं दिनमा प्रधानमन्त्री केपी ओलीले फिर्ता लिएको नजीरलाई कांग्रेसले उठाउन सक्ने बताइन्छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट एकजना पनि सहभागी नगराई सरकारले २२ राजदूत सिफारिश गरेकोमा कांग्रेस त्यसका विरुद्धमा रहँदै आएको छ । एमालेका एमाले, माओवादी र राप्रपा नेपालका नेताहरुसमेत राजदूत हुने सूचीमा रहेको कांग्रेसलाई पटक्कै चित्त बुझेको छैन । माओवादी सरकारमा रहेमा उसका मानिसहरु भने बदलिने कुरा भएन ।

संसदीय सुनवाइ विशेष समितिको सभापति कांग्रेसकै कुलबहादुर गुरुङ भएका कारण उनले नयाँ सरकार नबनेसम्म सुनुवाइ प्रक्रिया नथाल्ने सम्भावना उत्तिकै छ ।

को–को छन् प्रस्तावित न्यायाधीश ?

१. दीपककुमार कार्की, मुख्य न्यायाधीश पुनरावेदन अदालत, बाग्लुङ

२. केदारप्रसाद चालिसे, मुख्य न्यायाधीश, पुनरावेदन अदालत विराटनगर

३. शारदाप्रसाद घिमिरे, मुख्य न्यायाधीश, पुनरावेदन अदालत बुटवल

४. मीरा खड्का, मुख्य न्यायाधीश, पुनरावेदन अदालत, इलाम

५. हरिकृष्ण कार्की, बरिष्ठ अधिवक्ता/१४८/२०६९/११/१६

६. विश्वम्भरप्रसाद श्रेष्ठ, मुख्य न्यायाधीश, पुनरावेदन अदालत, हेटौंडा

७. ईश्वरप्रसाद खतिवडा, मुख्य न्यायाधीश, पुनरावेदन अदालत राजविराज

८. डा. आनन्दमोहन भट्टराई, मुख्य न्यायाधीश, पुनरावेदन अदालत पाटन

९. अनिलकुमार सिन्हा, बरिष्ठ अधिवक्ता/१४०/२०६९/११/१६

१०. प्रकाशमानसिंह रावत, बरिष्ठ अधिवक्ता/१४६/२०६९/११/१६

११. सपना मल्ल प्रधान, बरिष्ठ अधिवक्ता/१६९/२०६९/११/१६

को–को छन् प्रस्तावित राजदूत ?

१. महेन्द्रबहादुर पाण्डे – चीन (एमाले)

२. दुर्गाबहादुर सुवेदी– बेलायत (परराष्ट्र)

३. लोकबहादुर थापा– बेल्जियम (परराष्ट्र)

४. युवराज कार्की– दक्षिण कोरिया (एमाले)

५. युवनाथ लम्साल– डेनमार्क (माओवादी)

६. ऋषिराम घिमिरे– रुस (परराष्ट्र)

७. अलि अख्तर मिकरानी– साउदी अरेयिबा (एमाले)

८. खगेन्द्र बस्नेत– बंगलादेश (राप्रपा नेपाल)

९. लक्की शेर्पा– अस्टेलिया (माओवादी)

१०. रमेश खनाल– जर्मनी (परराष्ट्र)

११. सेवा लम्साल अधिकारी– पाकिस्तान (परराष्ट्र)

१२. नारद भारद्वाज– श्रीलंका (एमाले)

१३. डा. खड्ग केसी– जापान (एमाले)

१४. पदम सुन्दास– बहराइन (माओवादी)

१५. डा. शिवमाया तुम्बाहाम्फे – इजरायल (एमाले)

१६. निरञ्जन थापा– म्यान्मार (राप्रपा नेपाल)

१७. झविन्द्र अर्याल– इजिप्ट (परराष्ट्र)

१८. प्रकाश सुवेदी– अस्ट्रिया, (परराष्ट्र)

१९. डा. महेन्द्र सिंह– कतार (माओवादी)

२०. भरतबहादुर रायमाझी– युनाइटेड अरब इमिरेट्स (राप्रपा नेपाल)

२१. ताराप्रसाद पोख्रेल– ब्राजिल (परराष्ट्र)

२२. शर्मिला पराजुली (ढकाल)– ओमन (फोरम लोकतान्त्रिक)

प्रतिक्रिया दिनुहोस्