प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौंमा सिंह, ललितपुरमा बज्राचार्य(सूचीसहित)


काठमाडौं, ५ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् भने ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।

सिंह प्रहरी प्रधान कार्यलयमा कार्यरत थिए । त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्