प्रहरीको क्रियाकलाप असह्य भएको छ, सुधार्नुस्ः महानिरीक्षक खनाल


काठमाडौं, १ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका छन् ।
दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी १ लाख घुस रकम सहित पक्राउ परेपछी उपत्यकामा कार्यरत प्रहरी कर्मचारीलाई आईतबार ब्रिफिङ गर्दै प्रहरी महानिरीक्षक खनालले ‘घुस–काण्ड’का कारण प्रहरीको इमेज बिग्रीएको बताएका छन् ।

आईतबार भृकुटीमण्डप स्थित पुलिस क्लवमा आयोजित ब्रिफिङमा कोटेश्वर–काँडाघारी प्रकरणले इमेज बिग्रीएको उल्लेख गर्दैै उनले भने, ‘बेला–बेला संझाउँदा पनी परिवर्तन हुन नचाहने कमाण्डर र मातहतका प्रहरी सवै अब तयार भए हुन्छ ।’

करिब १ घण्टा लामो ब्रिफिङ गरेका आईजिपी खनालले संझाउँदा नमान्ने प्रहरी कर्मचारीलाई बर्दिको दैनिकीबाट बिदा हुनका लागी तयार रहन चेतावनी दिए ।

‘पुलिसको क्रियाकलाप असह्य भएको छ, सुधार्नुस्’ खनालको भनाई उदृत गर्दैै एक सिनीयर अफिसरले भने, ‘संझाउँदा नमान्ने हो भने जागिर छाड्न तयार हुनुस्, अर्को आउँछ ।’

 

प्रतिक्रिया दिनुहोस्