प्रहरीलाई आर्थिक प्रलोभन दिन खोज्ने ट्रिपर चालक प्रहरी फन्दामा


काठमाडौं, ४ वैशाख । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४ ख ८५७३ नम्बरको ट्रिपरका चालक धादिङ थाक्रे गाउँपालिका घर भएका २६ वर्षीय वीरबहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १४ ढुङ्गेअड्डा जाने पुल नजिक महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त ट्रिपर जाँच गर्ने क्रममा रुट परमिट नभएको कारण कारवाहीबाट बच्न चालक तामाङले प्रहरीलाई नगद १ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्