प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको प्रहरीलाई निर्देशन– ‘राजनीतिक दबाबमा काम नगर्नू’


१४ असोज । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आयोजना गरेको शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने– ‘दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ ।’

महानिरीक्षक अर्यालले राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्न निर्देशन दिए ।  कञ्चनपुरलगायत सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने भन्दै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्