प्रेमबहादुर सिंहका नजरमा केपी शर्मा ओली राष्ट्र र राष्ट्रियताप्रति अडान भएको नेता


२८ साउन । समाजवादी जनता पार्टीका सांसद प्रेमबहादुर सिंह केपी ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ मन्त्री थिए । ओली नेतृत्वकै सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सिंहले पनि समर्थन फिर्ता लिए ।

पछिल्लो समय कांग्रेस–माओवादी गठबन्धनमा सरकार गठन हुने निश्चित भएपछि सिंहले ओली सरकारलाई दिइएको समर्थन फिर्ता लिएर ‘मुसा प्रवृत्ति’ देखाएको भन्ने पनि आलोचना भयो । व्यवस्थापिका संसद्मा एक सिट मात्र भएका सिंह प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री पद पड्काउन हतार गर्दै ओलीलाई दिएको समर्थन फिर्ता लिएको भन्ने पनि आलोचना उनीमाथि भयो ।

तर, सिंह स्वयम् भने त्यो स्वीकार गर्दैनन् । ‘गठबन्धनको सरकार अल्पमतमा परेपछि मैले नैतिकताका आधारमा समर्थन फिर्ता लिएको हो,’ उनले पहिलो न्युज डटकमसँग भने, ‘मलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै विश्वास गरेर जिम्मेवारी दिनुभएको थियो । म उहाँलाई कसरी धोका दिन सक्छु ।’

‘उहाँ र मोहनचन्द्र अधिकारीसँग मेरो चिनजान ४५ वर्ष अघिदेखिको हो,’ उनले भने, ‘ओलीजी जेल पर्नु अघिदेखि नै म उहाँलाई चिन्छु, उहाँ त्यसैबेलादेखि अडान भएको नेता हो ।’

सिंहले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री खाने दौडधूपमा लागेको भन्ने आरोपको पनि खण्डन गरे । ‘कांग्रेस सभापति शेरवाहादुर देउवाजी र प्रधानमन्त्री प्रचण्डजीलाई मिलाउने धेरै समस्या छ,’ उनले भने, ‘मैले उहाँहरुको समस्या बुझेको छु, जहाँसम्म मन्त्री खाने दौडधुप भन्ने आरोप छ, त्यो गलत छ । उहाँहरुले जिम्मेवारी दिनुभयो भने नाई भन्ने कुरा भएन तर नभै हुन्न भनेको छैन ।’
ओली राष्ट्रप्रति अडान भएको नेता
सिंहले नेकपा (एमाले) अध्यक्ष समेत रहेका केपी शर्मा ओली राष्ट्रियताप्रति अडान भएको नेताका रुपमा आफूले बुझेको उनले बताएका छन् । ‘उहाँ राष्ट्रियताप्रति कति अडान भएको नेता हो भन्ने कुरा मैले भनिरहनु पर्दैन,’ सिंहले भने, ‘सारा संसारले देखेका र प्रशंसा गरेका छन्, मेरो पनि त्यति बुझाई हो ।’
उनले आली नेतृत्वको सरकारमा सहभागी भएर ओलीलाई अझ नजिकबाट चिन्ने अवसर पाएको पनि बताए । ‘उहाँ र मोहनचन्द्र अधिकारीसँग मेरो चिनजान ४५ वर्ष अघिदेखिको हो,’ उनले भने, ‘ओलीजी जेल पर्नु अघिदेखि नै म उहाँलाई चिन्छु, उहाँ त्यसैबेलादेखि अडान भएको नेता हो ।’

उनले ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अझ नजिकबाट चिनेको बताए । ‘सबै मन्त्रीहरुलाई स्वतन्त्ररुपमा काम गर्न दिेन उहाँको शैली सबै भन्दा बढी बन पर्यो,’ सिंहले भने, ‘सबै मन्त्रीले राम्रो काम गनरुन भन्ने कुरामा उहाँ सँधै सचेत हुनुहुन्थ्यो ।  अझ मलाई त धेरै विश्वास गरेर जिम्मेवारी दिनुभएको थियो ।’ सिंहले ओलीलाई आफूले हिजो पनि धोका नदिएको र आगामी दिनमा पनि नदिने दाबी गरे ।

त्यसो त पहिला पनि सिंहले प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई समर्थन जनाउँदै संसदमा ‘राष्ट्रियतालाई रक्षा गर्ने कि नगर्ने ? स्वाभिमानी भएर बाँच्ने कि नबाँच्ने ? भन्ने आम जनताको चासो छ । नेपालीहरु स्वाभिमानी भएर बाँच्न सक्छन् भन्ने विश्वास मलाई छ ।’ भन्दै ओलीलाई राष्ट्रियतालाई रक्षा गर्ने नेताका रुपमा चित्रण गरेका थिए । उनले त्यसबेला प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई समर्थन जनाउँदै संसदमा गरेको सम्बोधन यस्तो थियोः

एमालेका अध्यक्ष केपी ओलीलाई समर्थन गर्न म उभिएको छु । ओली नेपाली राजनीतिको चिरपरिचित नाम हो । मैले थप विश्लेषण गर्नुपर्दैन । राष्ट्रका अगाडि अनेकौँ चुनौतीहरु छन् । मलाई विश्वास छ, ओलीले राजनेताको रुपमा भूमिका निर्वाह गर्नुहुनेछ ।

र, मुलुकलाई समृद्धिको बाटोमा हिडाउनुहुनेछ भन्ने विश्वास छ । राष्ट्रियतालाई रक्षा गर्ने कि नगर्ने ? स्वाभिमानी भएर बाँच्ने कि नबाँच्ने ? भन्ने आम जनताको चासो छ । नेपालीहरु स्वाभिमानी भएर बाँच्न सक्छन् भन्ने विश्वास मलाई छ । सुशील कोइराला ठूलो प्रजातान्त्रिक पार्टीको नेता ।

उहाँको नेतृत्वमा संविधान पाएको छ । उहाँ इतिहास भइसक्नुभएको छ । हिंजो संविधान जारी गर्न नेतृत्व गर्ने र आजको प्रधानमन्त्रीको उम्मेदवार सुशील कोइराला एउटै हो त ? संविधानसभाबाट इतिहास बनाउने कोइराला मुलुकको संरक्षक बन्नुपर्छ । मुलुकको आवश्यकता यही हो ।

प्रतिक्रिया दिनुहोस्