प्रेमीसँग मिलेर छोरीले गरीन आमाको हत्या


भक्तपुर, १६ असार । भक्तपुरको चाँगुनारायणमा प्रेमीसँग मिलेर छोरीले आमाको हत्या गरेकी छन् । चाँगुनारायण ७ की सावित्रा भट्टराईको हत्यामा उनकै छोरीले प्रेमीसँग मिलेर हत्या गरेको प्रहरीजनाएको छ । प्रहरीका अनुसार उनकी छोरी ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताए । आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेर आमाकाहत्या गरेको थापाले बताए । उनको हत्यामा संलग्न छोरीसहित चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्ने भारतिय किल्लर भाडाका हत्यारा हुन् । उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेहरुमा मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार, मोहम्मद रहिश र मृतक सावित्रीकी छोरी ईश्वरी भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्