प्रेस काउन्सिलबाट को–को पत्रकारले के–के पुरस्कार प्राप्त गरे ?


६ असोज । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा विभिन्न व्यक्ति/संस्था पुरस्कृत भएका छन् ।

बार्षिकोत्सवको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो हातबाट विभिन्न विधामा पुरस्कृत हुने व्यक्ति र संस्थालाई पुरस्कृत गरेकी छिन् प्रेस काउन्सीलको १ लाख ५ हजार रासीको गोपालदास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्यले पुरस्कृत भएका छन् ।

त्यसैगरी एक लाख पाँच हजार रासीको प्रेस काउन्सीलको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार परशु घिमिरेले प्राप्त गरेका छन् । २५ हजार पुरस्कार रासीको प्रेस काउन्सील आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिक, रुपन्देहीले पाएको छ । प्रेस काउन्सील साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीले प्राप्त गरेका छन् । उक्त पुरस्कार १५ हजार रुपैयाँको रहेको छ ।

प्रेस काउन्सील स्तम्भलेखन पुरस्कार कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डांगीले प्राप्त गरेका छन् । सो पुरस्कारको पनि राशी १५ हजार छ । प्रेस काउन्सील भाषागत पत्रकारिता पुरस्कार, गोपाल छाङ्छा राई, भोजपुर ,प्रेस काउन्सील महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, कविता थापा, भक्तपुर, मनिषा श्रेष्ठ महरा, रोल्पा र दुर्गा भण्डारी, कास्कीले पाएका छन् ।

प्रेस काउन्सील सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार पुरस्कार महेश दास, पर्सा, डा.राजेश झा अहिराज, काठमाडौं, देवराज (डि.आर.) पन्त, डडेलधुरा र पवन आचार्य, काठमाडौंले प्राप्त गरेका छन् । ती सबै पुरस्कारको राशी १० हजार नै रहेको छ । त्यसैगरी प्रेस काउन्सील समावेशी पत्रकारिता पुरस्कार, शीतल महतो, धनुषा, विष्णुलाल बुढा, डोल्पा, माधवप्रसाद चम्लागाई, काठमाडौं, रोशन साँवा, काठमाडौं, सुशील दर्नाल, पाल्पा र लक्ष्मीकुमारी चौधरी, सुनसरीले प्राप्त गरेका छन् ।

प्रेस काउन्सील युवा सशक्तिकरण पत्रकारिता पुरस्कार, उपेन्द्रराज के.सी.भक्तपुर, हेमन्तकुमार पौडेल, कैलाली, लेखनाथ न्यौपाने, भक्तपुर, भुवन शर्मा, काठमाडौं, श्यामसुन्दर यादव, सप्तरी र प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार, गणेश लम्साल, मोरङ, प्रकाशकुमार खतिवडा, सप्तरी, मोतिराम तिमल्सेना, काभ्रे, रिषव गौतम, बाराले प्राप्त गरेका छन् ।

ती सबै पुरस्कारको राशी १० हजार नै रहेको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार शेखर अधिकारी काठमाडौं, प्रदीपराज वन्त, काठमाडौं र विनोद शाही, सुर्खेतले प्राप्त गरेका छन् । ती सबै पुरस्कारको पनि राशी १० हजार नै रहेको छ । प्रेस काउन्सील वर्ष कर्मचारी पुरस्कार सूचना प्रविधि अधिकृत रामशरण बोहरा र प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कार कार्यालय सहयोगी श्यामबावु महर्जनले प्राप्त गरेको मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए । बोहराले २० र महर्जनले १५ हजार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्