प्रेस चौतारीको झन्डा सगरमाथामा पहराएर काठमाडौँ फर्किए शेर्पा


२३ जेठ । प्रेस चौतारी नेपालको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएको छ । प्रेस चौतारीका सदस्य लाक्पा गेलु शेर्पाले चौतारीको झण्डा सगरमाथामा फहराएका हुन् ।

विश्वको इतिहासमा प्रेससम्बन्धी सङ्घसंस्थाको झन्डा सगरमाथामा फहराइएको यो पहिलो पटक भएको चौतारीले जानकारी दिएको छ । जेठ १० मा सगरमाथामा चौतारीको झन्डा फहराएरका ३९ वर्षीय शेर्पा आज काठमाडौँ फर्किएका छन् । चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले पनि विश्वको इतिहासमा प्रेससम्बन्धी सङ्घसंस्थाको झन्डा सगरमाथामा फहराइएको यो पहिलो पटक भएको जानकारी दिए ।

प्रेस चौतारी नेपालको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएको छ ।

उपाध्यक्ष नेपालले शेर्पाले फहराएको झन्डाले विश्व प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । शेर्पालाई चौतारीले गत वैशाखमा सगरमाथा जानु अघि चौतारीको झन्डा दिएर बिदाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्