फर्किए प्रचण्ड


२ असोज । चार दिने भारतको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

केही बेर अघि प्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोली त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । अवतरणपछि प्रचण्डले आफ्नो भ्रमण सफल भएको भन्दै उनले दुई देशको सम्वन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी भएको दाबी गरे । उनले भारत भ्रमणका क्रममा आफू र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदे वक्तव्यले चीनसँगको सम्वन्धमा असर नगर्ने पनि दाबी गरे ।

प्रचण्डले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगै राष्ट्रपति र विशिष्ट व्यक्तिहरुसँग पनि भेटघाट गरेका थिए । विभानस्थलमा स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री विमलेन्द्र निधी, सभामुख ओनसरी घर्तीलगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्