फायल यत्रतत्र, सरकारी कार्यालयका कर्मचारी मस्त निद्रामा


१५ भदौ । सरकारी कार्यालयका कर्मचारीको कार्यालय समय कम्तिमा पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हो । उनीहरुले त्यो समय अवधीभर सेवाग्राहीलाई सेवा दिनु पर्ने हुन्छ । त्यति मात्र होइन, उनीहरुले सेवाग्रहीहरुको समस्यामा सहजीकरण पनि गर्नुपर्ने दायित्व हुन्छ ।

जनताको करबाट तलब लिएका कर्मचारीले सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्नु उनीहरुको दायित्व पनि हो । तर, तराई–मधेसकै निकै चर्चित वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका दुई कर्मचारीको अवस्था देख्दा उनीहरुले कर्मचारीको दायित्वलाई नै गिज्याए जस्तो देखिएको छ ।

त्यस क्याम्पसका दुई कर्मचारीको अगाडि टेवुलमा यत्रतत्र फायल देख्न सकिन्छ । ती फायल हेर्दा ती कर्मचारीको व्यस्थता निकै देखिन्छ र उनीहरु कार्यालय समयमै रहेको पनि प्रष्ट हुन्छ । तर, उनीहरु मस्त निन्द्रामा छन् ।

उनीहरु प्रतिनिधि पात्र मात्र हुन् । अहिले पनि ‘सरकारी काम कहिले जाला घाँम’ भन्ने नेपाली उखान निकै चर्चित छ । उनीहरुले त्यो उखानको समेत प्रतिनिधित्व गरेकोमा बधाई ।तस्वीर सौजन्यः रवी साह

2

1

प्रतिक्रिया दिनुहोस्