फिस्टेल एयरको हेलिकोप्टर भुइँमा बजारियो, पाइलोट निकोलशलाई स्थानीयबासीले गरे उद्धार


चैत ४ । राहत वोकेर गएको फिस्टेल एयरको हेलिकोप्टर  दुर्घटनाग्रस्त हुँदा पनि मानवीय क्षती भने भएन । रसुवाको लाङटाङमा भएको दुर्घटनामा उक्त हेलिकोप्टर  दुर्घटनाग्रस्त भएको हो । भूकम्पका कारण  भत्किएको घर निर्माणका लागि रड झारेर धुन्चे फर्कने क्रममा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टर भुइँमा बजारिएपछि पाइलोट निकोलशलाई स्थानीयबासीले शिशा फुटाएर उद्धार गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उनी सामान्य घाइते भएका छन् ।  फिस्टेल एयरका अपरेसन प्रमुख रमेश सिवाकोटीले घटनामा मानवीय क्षति नभएको बताएका छन् । हेलिकोप्टरमा पाइलट मात्र थिए । उद्दारका लागि अहिले काठमाडौंबाट फिस्टेलकै अर्को हेलिकोप्टर गएको छ ।

लाङटाङमा घर निर्माणका लागि लगिएको रड झारेर धुन्चेतर्फ फर्कने क्रममा पंखा खुस्किएपछि हेलिकोप्टर भुइँमा बजारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्