फुटबलर इकेङ रहेनन्


काठमाडौँः रोमानिया लिग अन्तरगत डिनामो र भिआइटोरलको बीचका खेलको क्रममा मैदानमा लडेका डिनामा बुचरेष्ट तथा क्यामरुनका मिडफिल्डर प्याट्रिक इकेङको निधन भएको छ ।

उनी ७० औं मिनेटमा मैदानमा लड्न पुगेका थिए । हृदयघात भएका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । तर, झण्डै २ घन्टा नवित्दै उनको निधन भएको एजेन्सीहरुले बताएका छन् ।
यो घटना विश्व फुटबलका लागि दुःखद भन्दै खेलाडी, प्रशिक्षक लगायतले श्रद्धान्जली व्यक्त गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्