फोर्डद्वारा एकै दिनमा एकसय गाडी हस्तान्तरण


काठमाडौ, २७ असोज । गो फोर्डले एकै बुधबार एकैदिन एकसय नयाँ गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले घटस्थापना दिन नेपालभरिका आप्mना डिस्ट्रिब्युटर्समार्फत उक्त गाडी हस्तान्तरण गरेको हो, जसमध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा बुटवल, १५ वटा नेपालगन्ज, ३ वटा धनगढी, ८ वटा बिर्तामोड, १ वटा दाङ, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगन्ज र ३१ वटा काठमाडौं रहेको कम्पनीले जनाएको छ । फोर्ड गाडी खरिदमा फोर्ड फेस्टिभ अफर मार्फत ग्राहकवर्गले नगद छुटका साथै ५० हजारदेखि दुई लाख ५० हजार बराबरको पक्का उपहार पाउनेछन् भने बम्पर उपहारस्वरूप ५ भाग्यशाली जोडीले स्विट्जरल्यान्डमा ४ रात ५ दिनको टुर प्याकेज जित्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्