फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था गरिन्छः राष्ट्रियसभा अध्यक्ष


चितवन, २७ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने बताएका छन ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले आइतवार आयोजना गरेको अन्तक्र्रियामा यथाशक्य छिटो ऐन बनाइने जानकारी दिंदै उनले भने “अहिले नियमावलीमा उल्लेख भएका कारणले यसलाई अन्तिम हो भन्नु पर्दैन, विगतको भन्दा कडारुपमा ऐन बनाइँदै छ ।”
पहिला निलम्बन भए पनि फुकुवा भएपछि सबै सेवा सुविधा पाउने व्यवस्था थियो अब त्यो पनि नहुने भएकाले अघिल्लो पटकको भन्दा कडारुपमा ऐन बन्ने चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “अहिलेको व्यवस्थाले गणपूरक संख्यामा गनिए पनि त्यस्ता व्यक्तिले कुनै पनि प्रक्रियामा भाग लिन पाउँदैनन् ।” जनप्रतिनिधि भएका कारण छुट हुनुपर्छ भन्ने छैन अझै बाँधिनुपर्ने हुन्छ उन्मुक्ति हुँदैन उनले भने ।
राष्ट्रियसभा नियमावली, २०७४ सबै दलको सहमतिका साथ शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली, २०७४ अनुमोदन भएको भन्दै अध्यक्ष तिमिल्सिनाले आइतवार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने तर संविधान र ऐन भन्दा माथि नियमावली नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्