फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुनुपर्ने राप्रपाको माग


bigeptiकाठमाडौ, २३ बैशाख। राप्रपाले फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुनुपर्ने जनाएको छ । फौजदारी अभियोगमा पक्राउ परेका सांसदहरुको पद निलम्बन नहुने व्यवस्थासहित पारित भएको नियमावलीप्रति राप्रपाले आईतबार विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो । विज्ञप्तीमा भनिएको छ, यस्तो कानुनी व्यबस्थाले सुशासनको मान्यता कमजोर हुने र राजनीतिमा अपराधिक प्रबृत्तिलाई प्रोत्साहन गर्ने भएकोले राप्रपा सबै राजनीतिक दल र सांसदहरुलाई फौजदारी अभियोग लागेमा सांसद पद स्वतः निलम्बन हुने यस अघिको कानुनी व्यवस्था कायम राख्न आग्रह गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्