फ्रान्सबाट कतार हुँदै नेपाल आएका नेपाली विद्यार्थीमा कोरोना संक्रमण


काठमाडौँ, १० चैत । फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण देखिएको सरकारले बताएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । चैत ४ गते कतारबाट नेपाल आएका ती व्यक्तिको टेकु अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना पुष्टि भएको मन्त्री ढकालले बताए । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।

यसअघि चीनबाट स्वदेश आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्