फ्रेन्डस अफ लाजिम्पाटद्वारा कम्प्युटर, खेलकुद र वाद्यवादनका सामग्री प्रदान


३० भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा फ्रेन्डस अफ लाजिम्पाटले रानीदेवी आधारभूत विद्यालय, रानीबारी, काठमाडौंमा अध्यनरत विद्यार्थीहरुका लागि कम्प्युटर, खेलकुद र वाद्यवादनका सामग्रीहरु प्रदान गरेको छ । संस्थाका अध्यक्ष पवन तिमल्सिना र सदस्यहरुले ती सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अग्रज गायक जगतमर्दन थापाले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए भने वरिष्ठ संगीतकार मोहनप्रसाद जोशी, बालकलाकार आयुष्मान विष्ट र रानीबारी क्लवका अध्यक्ष रक्की रजकले पनि सांगीतिक प्रस्तुति दिएका थिए । विद्यालयका प्रधानध्यापक रामजी गौतमले स्वागत गरेको उक्त कार्यक्रममा संस्थाका सचिव एवं समाजसेवी मोहितमर्दन थापाले कार्यक्रमबारे जानकारी गराएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाखा शाक्यको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्