बक्सिङमा आर्मी क्लब टिम च्याम्पियन


१७ साउन । नेपाल आर्मी क्लब प्रथम अन्तर क्लब उपत्यकास्तरीय खुला बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

लैनचौरस्थित टेबल टेनिस कभर्ड हलमा आज भएको फाइनल खेलमा आर्मी कुल पाँच स्वर्णपदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगिताको ५२ केजी तौल समूहमा आर्मीका करण चौधरीले सुदीप श्रेष्ठलाई पराजित गरे । त्यस्तै ६४ केजीमा मोहन ठकुरीले अनोज भण्डारी र केशव बलामीले हर्कराम विकलाई पराजित गर्दै स्वर्णपदक जिते ।

त्यसैगरी ४९ केजी तौल समूहमा नक्सालका सुुशील थापाले आर्मीका मिसलदीप सुनुवारलाई पराजित गर्दै स्वर्णपदक हात पारे । छपन्न केजीमा नक्सालका गणेश थापाले आर्मीका मुनाल पुन मगरलाई हराए । त्यस्तै ६० केजी तौल समूहमा नक्सालका युवराज किशोरले आफ्नै क्लबका किशोर शर्मालाई पराजित गरे । उनन्सत्तरी केजीमा अनिश श्रेष्ठले सुरज मगरलाई हराए । एकासी केजी तौल समूहमा ललितपुरका मनोहर बस्नेतले आर्मीका ध्रुव रानाभाट र ८५ केजीमा विजयी केसीले धनबहादुर रानालाई हराउँदै स्वर्ण जिते ।

नेपाल बक्सिङ सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न क्लबका ५६ खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीलाई नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता यही साउन १३ गतेदेखि सञ्चालन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्