बजेट बहस लिएर युवा संघ तराई झर्यो


जेठ २८ । युवा संघ नेपालले आर्थिक बर्ष २०७३र०७४ को उपलब्धीबारे तराई–मधेसमा बहस थालेको छ । नेकपा (एमाले) नेतृत्वको सरकारले ल्याएको बजेट, यसको उपलब्धी र कार्यन्वयनाका सन्दर्भमा तराई–मधेसका जिल्लामा बहस सुरु गरेको युवा संघले जानकारी दिएको छ ।

‘अहिले तराई–मधेसलाई एमालेले हेप्यो भन्ने आरोप लागिरहेका बेला बजेट तराई–मधेसमैत्री छ भन्ने सन्देश दिन हामीले बहस केन्द्रित गरेका छौँ,’ युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने, ‘युवा संघ नेपाल , तल्लो सगरमाथा अञ्चल कमिटीको आयोजनामा शुक्रबार लाहनमा बजेटबारे बहस भयो ।

यसलाई अब तराईका सबै जिल्लामा निरन्तरता दिन्छौँ ।’ कार्यक्रममा योजना आयोगका सदस्य डा. सुमित्रा अमात्यले पनि बजेटका बारेमा बोलेकी थिइन् । युवा संघ र एमालेका नेताहरुले पनि कार्यक्रममा बजेट र त्यसको कार्यान्वयनका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्