बझाङमा पहिरोमा पुरिएर एकैघरका तीन सहित ४ जनाको मृत्यु


बझाङ, ५ असार । पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका ६ बयानामा
पहिरोमा पुरिएर २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा र ३ वर्षीय छोरा कृष्ण थापाको मृत्यु भएको हो। कोटिखेत माविमा कक्षा १० मा अध्यनरत १८ वर्षीय मंगल थापाको पनि पहिरोमा पुरिएर मृत्यु भएको कोटिखेत मावि छान्नाका प्रधानाध्यापक प्रकाश थापाले जानकारी दिए। पहिरोमा पुरिएर दुईजना घाइते भएका छन्। घाइते हुनेमा मृतक महेश्वरीका छोरा ७ वर्षीय रिकेश थापा र ७ वर्षीय कविन्द्र थापा रहेका छन्। शनिबार दिउँसो करिब २ बजे आएको पहिरोले पुरिएर उनीहरुको ज्यान गएको कोटिखेत माबि छान्नाका प्रधानाध्यापक थापाले बताए।

प्रतिक्रिया दिनुहोस्