बद्रीप्रसाद मण्डल बन्लान् विजयकुमार गच्छदार !


२७ साउन । अन्तिम समयमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई धोका दिएर मन्त्री पट्काउने ध्याउन्नमा कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन गरेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार निकै तनावमा परेका छन् ।

विचार र एजेण्डालाई भन्दा पनि मन्त्री पदलाई शीरमा राखेर हिड्ने गच्छदारलाई मधेसी मोर्चाको दबाबमा सरकारमा सहभागी नगराउँने मुडमा प्रधानमन्त्री प्रचण्ड पुगेपछि उनी अहिले पार्टीका भेला र बैठकहरु बाक्लै राख्न थालेका छन् ।

मधेस आन्दोलनलाई धोका दिएको भन्दै प्रचण्डलाई समर्थन गरेको उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोसहितको मधेसी मोर्चाले गच्छदारलाई सरकारमा सहभागी नगराउँन दबाब दिएपछि उनी तनावमा परेका हुन् ।

विजयकुरमार जसरी पनि सरकारमा जाने ध्याउन्नमा छन् भने प्रचण्ड थामथुम पारेर रोक्ने मुडमा छन् । गच्छदारलाई रोक्नकै लागि प्रचण्डले दुई उपप्रधानमन्त्री मात्र बनाउने प्रस्ताव अघि बढाएपछि सरकारमा जाने चाहना न्युन हुँदै गएको निष्कर्षसहित गच्छदारले आज पार्टीको बैठक बोलाएका छन् । प्रचण्डले यस अघि नै कांग्रेसका विमलेन्द्र निधी र माओवादीका कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री बनाई सकेका छन् ।

प्रचण्डले दुई उपप्रधानमन्त्री मात्र बनाउने तयारी गर्नुको प्रमुख कारण गच्छदारलाई ‘नोइन्ट्री’ कै लागि भएको बुझिएको छ । प्रचण्डको मनोविज्ञानलाई राम्ररी बुझेका गच्छदारले हतार–हतार बैठक बोलाउनु त्यसैको कारण भएको बुझिएको छ ।

‘हामी सरकारमा जाने–नजाने, पार्टीले सरकारसँग कुन–कुन एजेण्डा अघि सार्ने भन्ने विषयमा छलफल गर्न बैठक बस्दै छौँ,’ फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, ‘अहिलेसम्म हामीलाई सरकारमा सहभागी हुने बारेमा केही पनि खवर आएको छैन । आयो भने कसलाई पठाउने भन्ने निर्णय हुन्छ ।’

कुनै समय उपप्रधानमन्त्री भैसकेका बद्री मण्डल पछि वन मन्त्री बनेका थिए । गच्छार पनि मन्त्री पदका लागि विचार र सिद्धान्त नै छाडेर दौडिने व्यक्ति हुन्,’ मधेस बुझेका एक विश्लेषकले भने, ‘गच्छदारको स्वाभाव हेर्दा फेरि मन्त्री नबन्लान भन्न सकिन्न ।’

तपाईँहरुको अध्यक्षलाई त सरकारमा सहभागी नगराउने भन्ने चर्चा छ नि ? भनी गरेको प्रश्नमा चौधरीले भने– ‘सबै कुराको निर्णय अध्यक्षज्युवाटै हुन्छ । उहाँले जे निर्णय गर्नुहुन्छ । त्यसैमा भर पर्छ ।’ चौधरीले अहिलेसम्म मन्त्रीका लागि खवर नभएकाले त्यो बारेमा कुनै छलफल नभएको पनि जानकारी दिए । ‘सरकारमा जाने–नजाने निर्णय पनि बैठकबाटै हुन्छ,’ उनले भने ।

तर, एक जना मधेस विश्लेषक भने गच्छदार उपप्रधान नपाए पनि प्रचण्डले मन्त्रीका लागि हरिपो बत्ती बाले जान सक्ने अनुमान गर्छन् । ‘मन्त्री पद भनेपछि मर्यादाक्रमलाई समेत ख्याल नगर्ने मधेसवादी दलहरुको पुरानै रोग हो । कुनै समय उपप्रधानमन्त्री भैसकेका बद्री मण्डल पछि वन मन्त्री बनेका थिए । गच्छार पनि मन्त्री पदका लागि विचार र सिद्धान्त नै छाडेर दौडिने व्यक्ति हुन्,’ मधेस बुझेका एक विश्लेषकले भने, ‘गच्छदारको स्वाभाव हेर्दा फेरि मन्त्री नबन्लान भन्न सकिन्न ।’

गृहमन्त्री भैसकेका गच्छदार भौतिक योजना तथा निर्माण मन्त्रालय समेत खान गएको दृष्टान्त पनि उनले बताए । ‘प्रचण्डले मधेसी मोर्चाको दबाबका कारण कुनै पनि मन्त्रालय दिएनन् भने बेग्लै कुरा नभए उनी उपप्रधानमन्त्री नपाए पनि जान सक्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्