बरिष्ठ कलाकार थापाको निधन


काठमाडौ, ३० जेठ । वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३ औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ ।
लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुभएको थियो । उहाँले दुई वर्ष बेलायती सेनामा काम गरी पछि नेपाली सेनामा समेत काम गरेका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाटमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्