बरिष्ठ हास्यकलाकार गजुरेलको फोक्सोमा समस्या, आइसीयूमा उपचार हुँदै


काठमाडौं, २१ कात्तिक, । कोरोना संक्रमण भएका बरिष्ठ हास्यकलाकार मनोज गजुरेलको फोक्सोमा समस्या देखिएको छ ।  गजुरेललाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको छ ।

अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन्  । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्