हुण्डरीले रूवाएको बस्तीमा महामारीको पीर


बारा । आइतबार साँझ आएको हुण्डरीले बाराको फेटा गाउँपालिका–६, बरैनियाँमा २७ जनाको मृत्यु र ६ सय बढी घाइते भए । बर्षासँगै आएको हुरीले बस्ती नै उडाएपछि सींगो देशलाई बरैनियाँले दुखी बनाएको छ ।

देश तथा विदेशबाट दुख व्यक्त गर्दै उद्धार र राहतको प्रयत्न भइरहेको छ । प्रदेश नम्बर दुईको सरकार मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओली समेत बरैनियाँको अनुगमन गरेर फर्किएका छन् ।

मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरैनियाँ पुगेर मृतकका परिवारलाई पाँच लाखका दरले राहत दिने घोषणा गरेका छन् ।

यसअघि प्रदेश सरकारले पनि राहतको घोषणा गरेको छ भने विभिन्न गाउँपालिकाबाट राहतको घोषणा गर्ने क्रम जारी छ ।

नेपाली कांग्रेसले २५ दिन दिने निर्णय गरिसकेको छ । घाइतेहरुको उपचार संघीय सरकारले निर्णय मन्त्रिपरिषद्बाट निर्णय भएको छ । प्रवासी नेपालीहरुले पनि सहयोग गरिरहेकै छन् । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले सवैतिरबाट भएको उद्धार र राहतको प्रयासले पीडित परिवारलाई तत्काललाई खाने र बस्ने व्यवस्था गरिएको छ ।

तर, डर भने अव यसपछिको छ । अर्थात्, हुण्डरीले पूरै बस्ती उडाउदा पशुपंक्षी तथा चौपाया त्यही पुरिएर र ठोक्किएर मरेका छन् । यसका कारण बस्तीमा दुर्गन्ध फैलन थालेको भने भने खानेपानीको समस्या छदैछ ।

विजुलीको पोल ढलेकाले स्वास्थ्य संस्था र अन्य दैनिकी समेत प्रभावित भएको छ । कमजोर दलित वस्तीमा आएको यो महानिवासपछि फेरि महामारीको डर देखिएको छ । तर, यो डर हटाउने प्रयत्न भइरहेको मन्त्री यादवले बताए ।

केटाकेटीहरुमा हुण्डरीको निवासपछि मनोवैज्ञानिक त्रास समेत देखिएको छ । जसलाई मनोवैज्ञानिक उपचार विधि आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्