बर्जर पेन्ट एक्स्प्रेस


काठमाडौं, १९ असोज । बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रालिले दशैँ र तिहारको अवसर पारी बर्जर पेन्ट एक्स्प्रेस नामक ग्राहक योजना ल्याएको छ । योजनाअन्तर्गत बर्जर पेन्ट्सको छानिएका ब्राण्ड खरिदमा १ सय वर्ग फिट सिल्क इलुसन डिजाइनर फिनिस निःशुल्क पाउनुका साथै प्रतियोगितामार्फत अन्य आकर्षक नगद पुरस्कार जित्न सकिनेछ ।
योजना बर्जरका उत्पादनहरू वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टि डष्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजी, सिल्क लक्जरी, इजिक्लिनएक्सपी र इजिक्लिनमामात्र लागू हुनेछ । यसका लागि मंसिर मसान्तसम्म नाम दर्ता गराइसक्नुपर्नेछ भने पुष मसान्तसम्म आफ्नो घरमा रंग रोगन गरिनसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्