बलुवाटारमै ओली कट्केपछि नरम बने प्रचण्ड

१५ साउन । कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारीमा रहेका नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शनिबार उनले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले सुरुमै अध्यक्ष प्रचण्डलाई के सन्दर्भमा भेट्न खोज्नुभएको हो ? भनी प्रश्न गरेका थिए । ओलीको प्रश्नपछि निकै नरम बनेका प्रचण्डले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा जानकारी गराएका थिए ।

‘प्रचण्डको जवाफपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारका बारेमा तपाईंको दल र तपाईंसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भनी प्रश्न गर्नुभयो,’ प्रधानमन्त्रीको भनाई उध्रित गर्दै प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको गठनको पक्षमा उभिएको हो ? नेपाली कांग्रेसले संसदमा र सार्वजनिक रुपमा समेत ठूला राजनीतिक दलहरु कांग्रेस र एमाले सँगै सरकारमा बस्न नमिल्ने धारणा सार्वजनिक गर्दै आएको छ ।

यदि कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रुपमा प्रष्ट्याउनु पर्छ ।’

ओली त्यसरी कडा रुपमा प्रस्तुत भएपछि अध्यक्ष प्रचण्ड फेरि नरम बन्दै ‘राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहेपनि आफुले धर्म निर्वाह गर्न वार्तामा आएको’ भनी जवाफ दिएका थिए ।
भेटवार्तामा प्रचण्डले अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्नुकासाथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाण्डौं– तराई जोड्ने द्रूतमार्ग र चीनसँग भएका सहमति र सम्झौता लगायतका राष्ट्रिय हितका काम कारवाही अघि बढाउन सुझाव दिएका थिए ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैत्रमा गर्ने सहमति गरेर आफू र आफ्नो पार्टीलाई निर्णय सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भनी प्रश्न समेत गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री भीम रावल, नेकपमा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ, नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रमुख सचेतक भानुभक्त ढकाल र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्