बल्खुस्थित तरकारी बजारमा छापा


काठमाडौँ, ११ भदौ । राजधानीको बल्खुस्थित तरकारी बजारमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले छापा मारेको छ ।

त्यसक्रममा सरकारी टोलीलाई व्यापारीहरुले अवरोधको प्रयास गरेपछि केहीबेर तनाव समेत हुन पुगेको थियो ।
सरकारी टोलीलाई अवरोधको प्रयास गरेको अभियोगमा व्यापारी रवि साह पक्राउ समेत परेको बताइएको छ ।

अनुगमन क्रममा त्यहाँ सञ्चालिन अधिकांश पसलहरु बिना दर्ता सञ्चालन गरेको पाइएको थियो भने ढक र तराजु पनि अवैध रहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्