बल्ल खुल्यो पूर्व भीआईपीका घरबाट सुरक्षाकर्मी फिर्ता गर्ने बाटोे


काठमाडौं, ९ बैसाख । पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने सम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले कार्यविधि नाघेर पूर्व विशिष्ट व्यक्तिले निजी प्रयोजनका लागि राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्ने गरी बनाइएको कार्यविधि पास गरेको हो ।

गृह मन्त्रालयले सो कार्यविधि एक वर्षअघि नै तयार गरेर मन्त्रिपरिषदमा पठाएको भए पनि उच्च राजनीतिक दबाबका कारण डम्प गरिँदै आइएको थियो ।

पछिल्लो समय गृहले पहिले पठाएको कार्यविधिमा केही संशोधन गरी नयाँ कार्यविधि मन्त्रिपरिषदमा पठाएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्