बसको ठक्करबाट साइकलयात्रीको ज्यान गयो


काठमाडौ, १९ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डब्लू बी २९ बी ६१७४ नम्बरको भारतीय तिर्थयात्री बोकेको बसले मिर्चैया नगरपालिका ६ बतहा खोल नजिकै दुई वटा साईकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट सुखिपुर नगरपालिका ७ का ३५ बर्षीय साइकलयात्री रामलखन साहको घटनास्थलमै मृत्यु भएको छ । अर्का साईकलयात्री मिर्चैया ४ का ३० वर्षीय भद्रकाली महासेठ गम्भीर घाइते भएको र थप उपचार विराटनगरमा भैरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्