बस दुर्घटना परी पूर्वसभासद् हरी खेवाको निधन


१३ साउन । धनकुटाको सिधुवा बजार नजिकै भर्खरै भएको बस दुर्घटना परी पूर्वसभासद् तथा नेकपा माओवादी केन्द्रका नेता हरी खेवाको निधन भएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

संखुवासभाबाट धनकुटा आउँदै गरेको बस करिब एक सय मिटर तल खस्दा दुर्घटना भएको बुझिएको छ । प्रहरीले अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । खेवा पूर्व अर्थराज्यमन्त्री समेत हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाशले पनि खेवाको निधन भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा खेवाको निधनले दुःखी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्