बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित भेटिए


काठमाडौं ,२ जेठ । बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६  मकवानपुरका ३७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्