बागमती सफाइमा फोहोरसँगै युवाको शव भेटिएपछि…


११ असार । बागमती सफाइ अभियान १६३ औँ हप्तामा पुगेको छ । यी १६३ औँ हप्तामा बागमतीबाट सयौँ टन फोहोरको व्यवस्थापन भयो । शनिबार मात्रै बागमतीबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

पूर्व मुख्यसचिवदेखि बरिष्ठ कलाकार र वौद्धिक समूदायको बाक्लो उपस्थिति रहने बागमती सफाइ अभियानमा अरु बेला ती विशिष्ट व्यक्तिले फोहोर निकाल्दै गरेको दृष्यहरुको समाचार बन्थ्यो ।

शनिबार पनि त्यहि सफाइ अभियान थापाथली कुपण्डोल आसपासको क्षेत्रमा पुगेको थियो । शनिबार कलाकार, नेता वा विशिष्ट व्यक्ति बागमतीमा आएको समाचार बनेन । समाचारको विषय अरु नै भेटियो ।

बागमती नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको अवस्थामा रहेको शव फेला परेपछि त्यहाँको वातावरण नै केही बेर तनाबग्रस्त बन्यो ।

प्रहरीले दिएको जानकारी अनुसार नदीमा भेटिएको शव प्रहरीले बुझेको छ । तर, शव कहाँबाट, कसले र सकरी त्यहाँ ल्याएर मिल्कायो भन्ने अझै पत्ता लगेको छैन ।

प्रतिक्रिया दिनुहोस्