बाजुराको स्थानीय निकाय पुनसंरचना सम्बन्धी छलफल काठमाडौंमा


१८ साउन  । बाजुरा जिल्ला स्थानीय निकायको पुनसंरचनासम्बन्धी छलफल राजधानीमा सम्पन्न भएको छ । जनप्रतिनिधिहरु हत्तपत्त जिल्ला नफर्किने भएकाले यस्ता छलफल समेत राजधानीमै गर्नु पर्ने बाध्यता भएको हो ।

‘राजनीतिक दलका नेता, संसद्हरु हत्तपत्त जिल्ला नफर्किने र एकैचोटी सबैलाई जिल्लामा भेला गर्न पनि समस्या हुने भएकाले   राजधानीमै छलफल गरेर उहाँहरुको धारणा र सुझाव लिनका लागि यो कार्यक्रम गरिएको हो,’ प्रबिधिक समितिका सदस्य साहयक प्रमुख जिल्ला अधिकारी भिमबहादुर शाहीले भने, ‘जिल्लामा पनि हामीले दुईपटक यो विषयमा छलफल गरेका छौँ । तर, कार्यक्रम लक्ष्य अनुरुप नभएपछि काठमाडौं रोज्नुपर्ने बाध्यता भयो ।’

यद्यपि राजधानीमा भएको छलफलले पनि कुनै निष्कर्ष भने निकालन सकेन । प्रबिधिक समितीले तयार पारेको खाकामा समान्य छलफल भएपनि ठोस निष्कर्ष नआएको छलफलमा सहभागी नेताहरुले जानकारी दिएका छन् । ‘राजधानीमा रहेका जिल्लाका नेताहरुको छलफलले जिल्ला प्रबिधिक समितिलाई सहयोग गर्न क्रियाशील राजनीतिक दलहरुको एक समिति बनाई प्रारम्भिक खाकालाई अधार बनाई निष्कर्षमा पुग्ने सहमति भएको छ,’ एमाले जिल्लाकमिटी सदस्य अमर खड्काले भने ।

साहयक प्रमुख जिल्ला अधिकारी शाहीले  जिल्ला प्रबिधिक समितिले बिच्छ्या, रुगिन, बाधु, वाँइ, जुकोटको केन्द्र बाँधु, साप्पाटा गोत्री र जगन्नाथको केन्द्र जुड्डी, कोल्टी कोटीला, पाण्डुसैनको केन्द्र कोल्टी, मानाकोट दहकोट बाडिमालिका नगरपालिका केन्द्र मार्तडी, आटिचौर, डोगडी, गुदुखाती, काडाँ, जयवागेश्वरीको केन्द्र डोगडी, बाह्रबिस, कुल्देउमाडौं बह्रमतोला केन्द्र फलासैन, कैलाशमाडौं,तोली र छताराको केन्द्र डेवलडाँडा सहितको सात इकाइको प्रारम्भिक खाका  आयोगमा पठाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्