बाढी पीडितका लागि राहत वितरण कार्यमा गृहमन्त्री आफैँ खटेपछि…


३२ साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ मंगलबार राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न अचानक त्रिभूव अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।

केही दिनको अबिरल वर्षपछि ढुवानमा परेका तराईका विभिन्न जिल्लामा वितरण गर्ने राहत सामाग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि मन्त्री शर्मा आफैँ विमानस्थल पुगेका हुन् । मन्त्री शर्मा विमानस्थलमा बिहान साढे दस बजेदखि निरीक्षण कार्यमा खटेको उनका प्रेस सहयोगी लक्ष्मी पुनले जानकारी दिइन् ।

गृहमन्त्री शर्मासँगै गृहसचिव लोक दर्शन रेग्मी, गृहका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सह–सचिव रामकृष्ण सुबेदी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख सह–सचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधी, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिलगायत पनि विमानस्थल पुगेका छन् ।

शर्मा आइतबार र सोमबार पश्चिम, मध्य तथा पूर्वका बाढी–पहिरो र डुबान प्रभावित क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्