बादलले गरे ओली सरकार छाड्ने संकेत


२५ असार । नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले संविधानको कार्यान्वयन, पुनःनिर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

 माओवादी केन्द्र बागलुङले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय सहमति नबन्ने अवस्थामा आफ्नो पार्टी सरकारमा रहिरहनाको औचित्य नहुने पनि बताए ।

उनले नेकपा (एमाले)सँग भएको नौबुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै माओवादीको नेतृत्वमै सहमतिको सरकार बनाउने अडानमा आफूहरु नरहेको बरु जसको नेतृत्वमा सहमति बन्छ, उसकै नेतृत्वमा सरकार बन्नुपर्छ भने । कांग्रेस सहितको सहभागितामा बन्ने सहमतिको संयुक्त सरकारले आन्दोलनरत दलका माग संबोधन, संविधान संशोधन, संविधानको कार्यान्वयन, पुनःनिर्माण जस्ता कार्यलाई अघि बढाउने विश्वास उनले व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्