बाबुरामले देशको नेतृत्व गर्न नसक्ने टोपबहादुरको भविष्यबाणी


top bahadur rayamajhi final

जेठ २२ । नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले देशको नेतृत्व गर्न नसक्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो दाबी गरेका हुन् ।

कुनै समय बाबुरामका दाहिने हात मानिने रायमाझीले भट्टराईले माओवादीको ईतिहास छाडेर राम्रो कम नगरेको तर्क समेत गरे । कार्यक्रमा उनले आफुलाई नयाँ शक्तिमा जान लागेको भनि अफवाह फैलाएको भन्दै त्यो संभव नभएको दाबी गरे । उनले माओवादी भित्रै रहेर रुपान्तरण गर्ने पक्षमा रहेको स्पष्ट पारे ।

कार्यक्रममै बोल्दै उनले संविधान कार्यान्वयन र मुलुकको समृद्धिक लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताए । बहुमतको सरकारको विकल्पमा बहुमतकै सरकार ल्याउँदा मुलुकमा अस्थिरता हुने भन्दै सहमतिको सरकार बन्ने आधार नभई केपी ओली नेतृत्वको सरकार हटाउँन नहुने उनले जिकिर गरे । सरकार परिवर्तनको महोल बनिनसकेको भन्दै भन्दै उनले ओली सरकार अझै टिक्ने दाबी गरे ।

त्यसैगरी उनले आगामि मंसिर महिनाबाट लोडसेडिङ पाँच देखि ६ घण्टाभन्दा नबढ्ने दावी गर्दै यो वर्षको बर्षामा २ घण्टा भन्दा बढी लोडसेडिङ हुने बताए ।

प्रतिक्रिया दिनुहोस्